काठमाडौं । बाढी पूर्वानुमान् महाशाखाले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । महाकाली नदीमा जलसतहले सतर्कता तह पार गरेपछि पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको हो ।
महाकालीको सतर्कता तह ५.८० मिटर भए पनि खतराको तह ७ मिटर तोकिएको छ। बाढी पूर्वानुमान् महाशाखाका अनुसार डडेलधुरास्थित पारीगाउँ स्टेशनमा जलसतह ५.८९ मिटर पुगिसकेको छ ।
अहिले पानीको बहाव स्थिर भएपनि सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेकाले जलसतह बढ्ने पूर्वानुमान् छ ।
