भर्खरै : Sorry, your browser does not support inline SVG.

महोत्सवमा नृत्य प्रतियोगी र खेलाडीलाई नगद पुरस्कार (भिडियोसहित)

महोत्सवमा नृत्य प्रतियोगी र खेलाडीलाई नगद पुरस्कार (भिडियोसहित)

भक्तपुर । महोत्सवमा आयोजित नृत्य प्रतियोगी तथा खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरिएको छ । नृत्य प्रतियोतिमा प्रथम, द्धितिय, तृतिय, चौथो र पाँचौ हुनेलाई नगद पुरस्कार सहित पुरस्कृत गरिएको हो ।

नृत्य प्रतियोगितामा प्रथम हुने विपिना तामाङलाई नगद ३० हजार, दोश्रो हुने परिचित पुरी र दिपसन कार्कीलाई नगद २० हजार, तेश्रो हुने अजय थिङ लामालाई १० हजारसहित सम्मान गरिएको आयोजक मध्यपुर व्वाइज ब्याण्डका अध्यक्ष सुनिल बज्राचार्यले बताए ।

चौथो तथा पाँचौ स्थान हुने विनर राई तथा मनधवज तामाङलाई तीन–तीन हजार नगद सहित पुरस्कृत गरिएको हो । प्रतियोगितामा निर्देशक, कलाकार एवं सञ्चारकर्मी, नृत्य संयोजन कोरियोग्राफर इन्द्र बिसुन्के र गायक तथा सञ्चारकर्मी सुमनकुमार श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

भिडियो…

महोत्सवको समापनमा सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य एवं काँग्रेस नेता दूर्लभ थापाले नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए । यस्तै खेलमा अन्तर्राष्ट्रिय पदक जित्ने सात खेलाडीलाई नगदसहित सम्मान गरिएको छ ।

पाँच हजार नगद पुरस्कारसहित सम्मानित हुनेमा भारोत्तोलन खेलाडी रोशन मानन्धर, रतनसुन्दर नाखुसी, तारा सुवाल, कबड्डी खेलाडी सरमन प्रजापति, तेक्वाण्डो खेलाडी किरण सितुखु, सुस्मिता तामाङ, बक्सिङ खेलाडी बिजय बाटा रहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । सोहि कार्यक्रममा पत्रकारलाई पनि सम्मान गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.