भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

माओवादीको नाममा चन्दा उठाउने शाही पक्राउ

माओवादीको नाममा चन्दा उठाउने शाही पक्राउ

दैलेख । माओवादीको नाममा चन्दा असुली गरेका दुई युवा पक्राउ गरेका छन् । दुल्लु नगरपालिका– १३ बस्ने १९ वर्षीय समिर शाही र २८ वर्षीय चन्द्रबहादुर शाही पक्राउ परेका हुन् ।

नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) लाई आर्थिक सहयोग गरिदिन भन्दै दुल्लु नगरपालिकाका मेयर भरत रिजाललाई रसिद र पत्र बुझाएका थिए ।

माओवादीलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरिदिनु भन्ने रसिद र पत्र दुल्लु नगरपालिकाको कार्यालयमा बुझाएको गोप्य सूचनाका आधारमा खोजी कार्य थालेको प्रहरीले शाहीलाई इलाका प्रहरी कार्यालय दुल्लुले पक्राउ गरेको प्रहरी निरीक्षक कृष्ण डाँगीले बताए ।

डाँगीको नेतृत्वमा खटिएको प्रहरी टोलीले दुवैलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादीको) पाँच थान पम्पेलेट, पार्टीको एक थान सहयोग ठेली, एक थान स्टमप्याट, एक थान पार्टीको छाँप,

डायरी र कपी बरामद गरिएको प्रहरी निरीक्षक कार्कीले बताए । जिल्ला सरकारी वकिल कार्यालयमार्फत दैलेख जिल्ला अदालतमा चन्दा ऐन २०३० सम्बन्धी मुद्दा दर्ता भई पाँच दिनको म्याद थप गरि उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक कार्कीले बताए ।

 


Thali Mobile Pvt.Ltd.