भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

माओवादी केन्द्रको नयाँ निर्णय, अब मन्त्री भेट्न पेरिसडाँडा धाउनु पर्ने

माओवादी केन्द्रको नयाँ निर्णय, अब मन्त्री भेट्न पेरिसडाँडा धाउनु पर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई भेट्न अब सिंहदरबार धाउन नपर्ने निर्णय गरिएको छ । नयाँ वर्षदेखि माओवादी केन्द्रले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुसँग केन्द्रीय कार्यालय पेरिसडाँडा मात्रै भेट्ने व्यवस्था गर्न लागेको हो ।

वैशाख १ गतेदेखि माओवादी मन्त्रीहरुलाई पार्टी कार्यालयमा भेट्ने व्यवस्था गर्न लागिएको माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताए ।

हप्तामा एक दिन दिउँसो चार बजेदेखि ६ बजेसम्म केन्द्रीय कार्यालयमा भेट्ने व्यवस्था मिलाउँन लागिएको सचिव ढकालले बताए । कार्यालय समयमा काममा डिस्टर्ब नहोस् र मन्त्रीहरुले सरकारकै काममा ध्यान दिउन् भनेर अपराह्न ४ बजे पार्टी कार्यालयमा समय दिने गरी व्यवस्थित गर्न लागिएको हो ।

मन्त्रालय र क्वाटरमा मन्त्रीहरुसँग भेट्नेहरुको भिडभाड बढेपछि त्यसलाई व्यवस्थित गर्नुपर्ने भएकाले माओवादी पदाधिकारी बैठकले यस्तो मिलाउन लागेको हो । भेटघाट व्यवस्थित गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हेल्प डेस्क समेत स्थापना गर्ने तयारी भएको छ ।

हेल्प डेस्कमा खटिने कार्यालयका कर्मचारीले कुन मन्त्रीलाई भेट्ने, को–कोले भेट्ने र भेट्न खोज्नुको कारण के हो ? विवरण टिपेर भेटघाटमा सहजीकरण गरिदिने सचिव ढकालले बताए ।

 


Thali Mobile Pvt.Ltd.