काठमाण्डौ । खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्न काठमाण्डौ महानगरपालिका कृषि तथा पशुपक्षी विभागले रोक लगाएको छ । विभागले त्यस्ता पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन दिएको हो ।
खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण गर्ने डेरीलाई खाद्य ऐन, २०२३ र खाद्य नियमावली, २०२७ ले तोकेबमोजिम सञ्चय तथा बिक्री वितरण गर्नुकासाथै दर्ता र नवीकरण नभएका डेरीले ३० दिनभित्र आफ्नो व्यवसाय रहेको वडा कार्यालयमा दर्ता गराउन हुन सूचित गरिन्छ, सूचनामा उल्लेख गरिएको छ ।
खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न आह्वान गरेसंगै अटेर गरे कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
