भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मुख्यमन्त्री राउतद्वारा हरित प्रदेश अभियान शुभारम्भः साढे १४ लाख बिरुवा रोपिँदै

मुख्यमन्त्री राउतद्वारा हरित प्रदेश अभियान शुभारम्भः साढे १४ लाख बिरुवा रोपिँदै

धनुषा । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश हरित अभियान—२०७८ को आज एक समारोहबीच शुभारम्भ गर्नुभएको छ । डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका—।४ पुष्पलपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले बरपिपलको बिरुवा रोपेर अभियानको शुभारम्भ गर्नुभएको हो । मुख्यमन्त्री राउतले अभियानको शुभारम्भ गरेलगतै प्रदेशको आठै जिल्लामा एक साथ वृक्षारोपणको शुरुवात भएको छ ।

राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर शुभारम्भ गरिएको सात दिवसीय अभियानअन्तर्गत आठ वटै जिल्लाको कूल ११ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७ सय ९६ बिरुवा रोप्ने कार्यक्रम रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा। रामचन्द्र कडेलले जानकारी दिए । अभियानको शुभारम्भका लागि आठ वटै जिल्लामा प्रदेश सरकारका मन्त्री एवं राज्यमन्त्रीहरु पुग्नु भएको छ ।

सप्तरीमा समाजिक विकासमन्त्री नवलकिशोर साह, सिरहामा अर्थमन्त्री विजयकुमार यादव , महोत्तरीमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय र आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोज सिंह कुशवाहा, सर्लाहीमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र महिला, बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्रकुमार सिंह, रौतहटमा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, बारामा अर्थराज्यमन्त्री उषाकुमारी यादव तथा पर्सामा उर्जा तथा खानेपानीमन्त्री ओमप्रकाश शर्माले अभियानको शुभारम्भ गर्नुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.