भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

मुगुमा कार्यालय प्रमुखलाई पूर्वसांसद र वडाध्यक्षले कुटे

मुगुमा कार्यालय प्रमुखलाई पूर्वसांसद र वडाध्यक्षले कुटे

मुगु । पुर्वधार कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ई दत्त बुढथापामाथि हातपात भएको छ । नेकपा एमालेका नेता कर्णाली प्रदेश सभाका निवर्तमान सदस्य दानसिहं परियार र छायाँनाथ रारा नगरपालिका–६ का वडा अध्यक्ष खेम बहादुर रावलले उनीमाथि हातपात गरेका हुन ।

चालु आर्थिक वर्ष २०७९ र ८०को प्रदेश सांसद विकास कोष मार्फत सञ्चालित खर्कदारदेखि रिगामाडु र माथि बालै हुदै माथतल्लासम्मका दुई योजनाको लागत स्टेमेट अनुसारको काम नभएको र रकम भुक्तानी पूरादिन दबाब दिएको र उक्त कुरा अस्वीकार गर्दा आफू माथि कार्यालय भित्र हातपात गरेको र कार्यालय तोडफोड गरेको प्रमुख बुढथापाको भनाइ रहेको छ ।

शनिबार साँझ ६ बजेतिर योजनाको विषयलाई लिएर विवाद हुदाँ निवर्तमान सांसद परियार र छायाँनाथ रारा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष खेम बहादुर रावलले पुर्वधार कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख बुढथापालाई हातपात गरेका थिए ।

हातपातपछि नि वर्तमान सासंद परियार र वडा अध्यक्ष रावललाई प्रहरीले नियन्त्रण लिएको छ। उनिहरुलाई सोधपुधका लागि जिल्ला प्रहरी कार्यालय मुगुमा राखिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.