भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

मेलम्चीको फाइल अख्तियारमा

मेलम्चीको फाइल अख्तियारमा

१५ श्रावण २०७७ काठमाडौँ । मेलम्चीको सुरुङ फुटेको विषयमा अध्ययन गरी तयार पारिएको प्रतिवेदन खानेपानी मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ । अख्तियारले मागेको विवरणसहितको प्रतिवेदन पठाएको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए ।

असार २१ गते परीक्षणका लागि सुरुङमा पठाएको पानी सिन्धुपाल्चोकको हेलम्बुस्थित फ्लसिङ अडिटको ढोका फुटेर बाहिर आएपछि चार जना कर्मचारीलाई बगाएको थियो । बगाएका मध्ये एक जना इन्जिनियरको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । दुई जनाको उपचार भइरहेको छ । मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीको संयोजनमा गठन गरेको समितिले प्रतिवेदन बुझाएको भोलिपल्टै अख्तियारलाई पठाइएको हो ।

प्रतिवेदनमा प्राविधिक त्रुटि मात्र होइन, ढोका र नटबोल्टको गुणस्तरमाथि पनि प्रश्न उठाइएको छ । प्राविधिक पक्षमाथि ख्याल नगरिएकाले दुर्घटना भएको देखिएको छ । निर्माण व्यवसायी र आयोजनाबीच पर्याप्त छलफल नभएको निष्कर्ष प्रतिवेदनले समेटेको छ । ढोकाको जडान, निर्माण र डिजाइनको जिम्मेवारी भारतीय कम्पनी प्रेसिजन इन्फ्राटेक लिमिटेडले लिएको थियो ।

आयोजनाको परामर्शदाता भने स्पेनको इप्टिसा बेट्स जेभी कम्पनी रहेको छ । सुरुङ निर्माण गर्दागर्दै एकतर्फी रूपमा काम छाडेर गएको इटालियन निर्माण व्यवसायी सीएमसीडी राभेन्नाले सब–कन्ट्र्याक्टरका रूपमा आएको प्रेसिजन इन्फ्राटेकले पनि घटना छानबिन गरिरहेको छ । घटना भएलगत्तै आयोजनाको संरचनाको गुणस्तरमाथि प्रश्न उठाएर अख्तियारमा उजुरी परेको थियो । मन्त्रालयले उजुरी सम्बन्धित राय र प्रतिवेदन पठाएको हो ।

 


Thali Mobile Pvt.Ltd.