भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

चेपाङ घर काण्ड: घर र गोठको परिभाषा के हो मन्त्री ज्यू ?

चेपाङ घर काण्ड: घर र गोठको परिभाषा के हो मन्त्री ज्यू ?

१५ श्रावण २०७७ काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले चेपाङको घर जलाएको विषय अहिले निकै चर्चामा छ । यो चर्चाले आलोचना भूमरिमा वनमन्त्री शक्तिबहादुर बस्नेत परिरहेका छन् । आफूलाई गोठ र घरको परिभाषा सिकाउन आवश्यक नरहेको समेत मन्त्री बस्नेतले बताएउन भ्याएका छन् ।

संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोतसाधन समितिको बुधबार बसेको बैठकमा मन्त्री बस्नेतले चितवनमा घर नभई गोठ नै जलेको दाबी पुन दोहो¥याएका छन् । ‘स्थायी रूपमा चुलो बल्ने ठाउँ घर हो । आकार कत्रो छ, ठाउँ कति ठूलो छ भन्नेले प्रभाव पार्ने होइन,’ उनले भने, ‘चुलो नबल्ने ठाउँ जति ठूलो भए पनि गोठ हो ।’

मन्त्री बस्नेतले साउन ११ गते प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा चेपाङका घर नभई गोठ जलाइएको अभिव्यक्ति दिएपछि सर्वत्र आलोचना खेप्नु परिरहेको छ । घर र गोठबारे आफू जानकार रहेको प्रस्टीकरण दिदै उनले चेपाङ बस्तीका नाममा सामाजिक सञ्जाल र सञ्चार माध्यममा आएका तस्बिरलाई विश्वास नगर्न सांसदसँग आग्रह गरेका छन् ।

अवस्थालाई उत्तेजित पार्न र राजनीतिक लाभ लिन सकिन्छ कि भन्ने तत्वले यसरी लागिपरेको बताएका छन् । उनले चेपाङका गोठ जलाउनु र हात्ती लगाएर भत्काउनु दुःखद् र अनुचित भएको बताए । कुसुम खोलाका २ सय १ चेपाङ परिवारमध्ये १ सय ९३ लाई स्थानान्तरण गरिसकिएको र बाँकी ८ परिवारलाई स्थानान्तरण गर्ने क्रममा उक्त घटना भएको मन्त्री बस्नेतले बताए । सरकारका तर्फबाट यस विषयमा छानबिन भइरहेको र गल्ती ढाकछोप नहुने उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.