म्यादी प्रहरीको मृत्युको कारण अझै खुल्न सकेन

म्यादी प्रहरीको मृत्युको कारण अझै खुल्न सकेन

हुम्ला । सदरमुकाम सिमकोटमा एक म्यादी प्रहरीको मृत्यु भएको छ ।

सिमकोटको माथिल्लो बजारमा साथीको डेरामा बस्दै आएका सर्केगाड गाउँपालिका–६ का ४५ वर्षिय जसबहादुर रोकायाको मृत्यु भएको हो ।

कोठामा झ्याल ढोका सबै बन्द गरेर सुतेका रोकाया बिहीबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताए ।

मृत्युको कारण अझै खुल्न सकेको छैन । घट्नाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

 


Thali Mobile Pvt.Ltd.