भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

रसुवागढी नाका बन्द

रसुवागढी नाका बन्द

काठमाडौं । रसुवागढी नाका बिहीबार मध्यरातदेखि बन्द भएको छ । यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै नाका बन्द गरिएको हो । मतदान हुनुभन्दा ७२ घण्टाअगाडि नै नाका बन्द गर्नुपर्ने व्यवस्था छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार बिहीबार मध्यरात १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्मका लागि नाका सिल गरिएको छ । दुई वर्षदेखि नाका पूर्णरूपमा सञ्चालनमा नआएका कारण नेपाल र चीनबीच व्यापार प्रभावित हुँदै आएको छ।

कोरोना महामारीका कारण २०७६ माघ २५ देखि २०७७ जेठ २२ गतेसम्म रसुवागढी नाका बन्द भएको थियो । त्यसयता नाका सञ्चालनमा आए पनि न्यून मात्र सामग्रीको आयात हुँदै आएको छ ।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, विद्युतीय सामग्री, निर्माण सामग्री, जुत्ताचप्पल, चस्माको फ्रेमलगायत सामग्री आयात हुने गरेको छ । यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ।

 


Thali Mobile Pvt.Ltd.