भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

राजनीतिक भाषामा नयाँ विचार अँगाल्ने युवालाई नै वास्तविक युवा भन्न सकिने : मेयर प्रजापति

राजनीतिक भाषामा नयाँ विचार अँगाल्ने युवालाई नै वास्तविक युवा भन्न सकिने : मेयर प्रजापति

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राजनीतिक भाषामा नयाँ विचार अँगाल्ने युवालाई नै वास्तविक युवा भन्न सकिने बताएका छन् । भक्तपुर नगरपालिका वडा नं ४ को आयोजनामा मंगलबार अन्तराष्ट्रिय युवा दिवसको अवसरमा भएको प्रवचन कार्यक्रममा मेयर प्रजापतिले उमेरले युवा भए पनि समाजमा गलत काम गर्ने व्यक्तिहरु कहिल्यै युवामा नपर्ने बताएका हुन ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्डमा मुछिएका व्यक्तिहरु पनि युवा नै हुन् तर गलत सिद्धान्त र विचार बोकेको हुनाले भ्रष्ट भएको र देशकै बद्नाम गरेको उल्लेख गर्दै वास्तविक युवाले फिडेल र क्याष्ट्रोले जस्तै समाज परिवर्तनका लागि काम गर्ने भएकोले सही विचार र दर्शनलाई अँगाल्दै अगाडि बढ्नुपर्ने आवश्यकतामाथि जोड दिए ।

उनले २०६२÷६३ सालमा प्रतिगमनविरोधी सात दलको आन्दोलनमा लाग्दाको अनुभव सुनाउँदै उमेरको हिसाबले सबभन्दा कान्छो माधवकुमार नेपालले प्रतिगमन आधा सच्चियो भनी आन्दोलन छोडेर सरकारमा गएको स्मरण गराउँदै पद र पैसाको निम्ति लाग्ने व्यक्तिलाई युवा भन्न नसकिने विचार व्यक्त गरे ।

उमेरले युवा हुँदैमा परिपक्व नेतृत्व दिन सक्छ भन्ने विचारको खण्डन गर्दै जेलेन्स्कीको अपरिपक्व नेतृत्वकोे कारण युक्रेनी जनताले दुःख झेल्नु परिरहेको हो, उनले भने । राजनीतिक चेतनाको अभावमा युवाहरु अर्काको लहलहैमा लाग्ने र समाज भाँड्ने गतिविधिमा लाग्ने, लागू औषध सेवन गर्नेजस्ता विकृति विसंगतिमा फसाइनेबारे सचेत हुनुपर्ने उनको भनाइ छ ।

प्रमुख प्रजापतिले १०० शैय्या र आफ्नै निजी भवन भएकालाई मात्र नर्सिङ्ग सञ्चालन गर्न दिने प्रावधानले हजारौंले विदेशमा गइ पढ्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै भागबन्डा र जातीयताको आधारमा ख्वप विश्वविद्यालयको स्वीकृति नगरिएको भए त्यो सरकारको गलत काम भएको टिप्पणी गरे ।

 

 


Thali Mobile Pvt.Ltd.