५ श्रावण २०७७ ललितपुर । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तान एक लाख ५० हजार घुस खाएको अभियोगमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नगरपालिकाको आफ्नै कार्यकक्षबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए ।