भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा हुमागाईं नियुक्त

राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा हुमागाईं नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघले राष्ट्रिय पुरुष फुटबल टिमको कार्यवाहक मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईंलाई नियुक्त गरेको छ ।

एन्फा मुख्यालयमा जारी बैठकले वर्तमान प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा रहेकाले कार्यवाहक प्रशिक्षकको रूपमा हुमागाईंलाई नियुक्त गरेको सदस्यले बताएका छन् ।

कुवेतमा आयोजना भएको एएफसी एसियन कप छनोटपछि अब्दुल्लाह बिदामा बसेका छन् । हाल उनी कुवेतमै छन् । नेपालले अर्को महिना बङ्गलादेशसँग घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ ।

सोही खेलका लागि हुमागाईंलाई प्रशिक्षक नियुक्त गरिएको हो । हुमागाईं अन्तिम पटक नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीमा अनुबन्ध भएका थिए । हाल उनी अमेरिकामा छन् ।

 


Thali Mobile Pvt.Ltd.