भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

रास्वपाद्वारा संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता, काग्रेकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

रास्वपाद्वारा संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता, काग्रेकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

काठमाण्डौ । सुन तस्करीको निष्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने गरेको सुन तस्करी छानविन गर्न संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबार संसदमा दर्ता गरेको हो ।

विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्करी भएको सूचना र समाचार आएको तर सरकारले गहिरो अनुसन्धान नगरेको भन्दै रास्वपाका सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई प्रस्ताव बुझाएका हुन । यसैगरी नेपाली काँग्रेसका सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा समेत माग गरे ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्वीन्टल सुन बरामद भएको घटनामा भरियामात्र पक्राउ गरेको र मुख्य दोषी पक्राउ गर्न न सकेको भन्दै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरे । अनुसन्धान प्रक्रिया सहज बनाउन, सुनको मालिक पत्ता नलागेसम्म राजीनामा दिनुपर्ने र प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड फर्केपछि आफू आमरण अनसन बस्ने घोषणा समेत गरे ।

 


Thali Mobile Pvt.Ltd.