भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

रास्वपाद्वारा संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता, काग्रेकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

रास्वपाद्वारा संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता, काग्रेकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

काठमाण्डौ । सुन तस्करीको निष्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने गरेको सुन तस्करी छानविन गर्न संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबार संसदमा दर्ता गरेको हो ।

विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्करी भएको सूचना र समाचार आएको तर सरकारले गहिरो अनुसन्धान नगरेको भन्दै रास्वपाका सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई प्रस्ताव बुझाएका हुन । यसैगरी नेपाली काँग्रेसका सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा समेत माग गरे ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्वीन्टल सुन बरामद भएको घटनामा भरियामात्र पक्राउ गरेको र मुख्य दोषी पक्राउ गर्न न सकेको भन्दै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरे । अनुसन्धान प्रक्रिया सहज बनाउन, सुनको मालिक पत्ता नलागेसम्म राजीनामा दिनुपर्ने र प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड फर्केपछि आफू आमरण अनसन बस्ने घोषणा समेत गरे ।

 


Thali Mobile Pvt.Ltd.