२ जेठ २०७७ काठमाडौं । सरकारले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकोले फिर्ता ल्याउने बताएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम दुवै सदनको बैठक वाचन गर्दै यस्तो बताएकी हुन ।
सरकारले आफ्नो कार्यकालमा नेपालको प्रतिष्ठा वृद्धि भएको उल्लेख गर्दै छिमेकीहरुसँगको विश्वासमा अभिवृद्धि भइ सम्बन्ध नयाँ उचाईमा पुगेको नीति तथा कार्यक्रममा बताएको छ ।