भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

विगतमा आफूले गरेको समाजसेवा र सही कार्यसम्पादनको उच्च मुल्याङ्कन भयो : कुमार नापित

विगतमा आफूले गरेको समाजसेवा र सही कार्यसम्पादनको उच्च मुल्याङ्कन भयो : कुमार नापित

काठमाडौं। जर्मनमा रहनु भएका कुमार नापित युरोप कोअडिनेटरमा चुनिएका छन् । वल्र्ड नेवाः अर्गनाइजेशन डव्लूएनओ जर्मनका अध्यक्ष्य कुमार नापित अर्गनाइजेशनको युरोप कोडिनेटरमा चुनिएकाका हुन । आफ्नो ब्यापार ब्यवसाय सँगसँगै निश्वार्थ समाज सेवामा लागि रहेका नापितलाई केन्द्रले थप जिम्मेवारी दिएको छ ।

भक्तपुर क्वाछें टोलमा जन्मिएर हाल लुनिर्वक जर्मनलाई कर्मथलो बनाउँदै आएका नापित जर्मनको अध्यक्ष्य भएको करिव २ महिना पछि केन्द्रिय सदस्य हुँदै पुरै युरोप हेर्ने जिम्मा पाएका हुन । अध्यक्ष्य नापितले बिभिन्न संघसंस्थामा रहेर देश बिदेशमा आफ्नो कला, संस्कृति, भेषभुषा लगायत खानपानलाई सबै माझ चिनाउँदै आएका छन् ।

केन्द्रको कार्यसमितिलाई बिशेष धन्यावाद दिदैं उनले अर्गनाइजेशनलाई राम्रोसँग अगाडी बढाउने र संस्थालाई संसार भरी छरिएर रहेका सबै नेवाः समुदायको पहँचमा पुर्याउन बिभिन्न पक्षसँग हातेमालो गरि अहोरात अघि बढ्ने बताउनुभयो ।

डव्लूएनओलाई युरोपका सबै देशमा जहाँ नेवाःहरुले कर्मथलो बनाएर बसिरहका ठाउँमा खोजी गरि शाखा बिस्तार गर्ने लक्ष्यसहित आगाडी बढ्ने प्रतिबद्धता नापितले व्यक्त गर्नुभयो ।

बिभिन्न बाधा अड्चनका बाबजुट पनि सबैसँग मिलेर आफुले बिगत बिभिन्न संघसंस्थामा रहेर गर्दै आएको काम र हाल गरिरहेको कामको सहि मुल्याङ्कण गरेर केन्द्रले थप जिम्मेवारी दिएकोमा खुशी लागेको नापितले बताउँनुभयो । थप जिम्मेवारीका साथ बिभिन्न बिषयमा असन्तुष्ट पक्षलाई समेत समेछटेर अघि बढ्ने नापितले बताउँनुभयो ।विगतमा आफूले गरेको समाज सेवा र सही कार्यसम्पादनको उच्च मुल्याङ्कन भयो ः कुमार नापित

 


Thali Mobile Pvt.Ltd.