भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

विदेशमा अलपत्र नेपालीको उद्धारसंगै ३४ नेपालीको शव मलेसिया र साउदीबाट ल्याइदै

विदेशमा अलपत्र नेपालीको उद्धारसंगै ३४ नेपालीको शव मलेसिया र साउदीबाट ल्याइदै

१२ असार २०७७ काठमाण्डौ । मलेसियाबाट १८ र साउदीबाट १६ जना नेपालीको शव नेपाल ल्याउन लागिएको छ । मलेसियाबाट आज र साउदीबाट भोलि ल्याउने जनाइएको छ । कोरोना महामारी र लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएका शव नेपाल ल्याउन लागिएको हो । वैदेशिक रोजगार बोर्ड र नेपाली दूतावासको समन्वयमा शव स्वदेश ल्याउन लागिएको हो ।

कस्को शव कहाँबाट ल्याइदै ?
मलेसियाबाट
सिरहाका- बलराम ठाकुर
जाजरकोटका – बीरबहादुर कामी
धनुषाका -बिपिन महरा
बाराका -राजाराम चौधरी
सल्यानका- प्रेम बि.क
पाँचथरका -जगतबहादुर राई र सुरेन्द्रप्रसाद सुब्बा
रोल्पाका -विजयबहादुर बोहरा
इलामका -पदमबहादुर सारु
बाग्लुङ्का -शिव पुन मगर
नवलपरासीका- पुनरवासी पुरी
नुवाकोटका -दिपक भट्टराई
महोत्तरीका- भरोसी यादव
महोत्तरीका- दुःखीलाल मण्डल खान र मनोजकुमार यादव
बाराका -प्रवेश कुमार खतवे
रुकुमका -कुवीराम ओलीको शव नेपाल ल्याउन लागिएको को शव भएको वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ ।
यसअघि पनि कोरोनाको कारण रोकिएका ११ शव मलेसियाबाट ल्याइएको छ ।

साउदीबाट

भोलि शनिबार बिहान १६ जनाको शव सहित अलपत्र नेपाली ल्याउने भएको छ । कतारले असार ६ गते २० जना नेपालीको शव कतार एअरवेजको चार्टर्ड उडानमार्फत पठाएको थियो । त्यस्तै अन्य देशबाट पनि नेपाली लिएर आएका जहाजले शव पनि लिएर आइरहेका छन् ।

लकडाउनका कारण शव लिन आफन्त आउन नपाएमा बोर्ड आफैंले बुझेर घरसम्म निःशुल्क पुर्‍याइदिने जनाएको छ ।काठमाण्डौमै आफन्त भएमा शव बुझ्न सकिने र बोर्डले घरसम्म ढुवानी गरिदिने बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए ।