भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

लागुऔषधमा संलग्न वडा अध्यक्ष रंगेहात पक्राउ

लागुऔषधमा संलग्न वडा अध्यक्ष रंगेहात पक्राउ

१२ असार २०७७ बागलुङ । निसीखोला गाउँपालिकामा ठूलो परिणामको लागूऔषध कारोवार गरिरहेको अवस्थामा वडा अध्यक्ष रंगेहात पक्राउ परेका छन् ।
वडा नं ६ का वडा अध्यक्ष सूर्यबहादुर घर्तीसहितका मानिसले एक क्विन्टल भन्दा धेरै लागुऔषध बिक्रीका लागि लैजादै गर्दा वडा नं ५ बाट पक्राउ परेका हुन्।
उनीहरुले बेच्न लागेको लागूऔषध के हो भन्ने प्रहरीले खुलाएको छैन् । इप्रका बुर्तिवाङबाट गएको गस्ती टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले बताए । अनुसन्धान पछि मात्र घटनाबारे विस्तृत विवरणको जानकारी दिने उनले बताए । गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले भने घटनाबारे जानकारी नपाएको बताए ।

 


Thali Mobile Pvt.Ltd.