काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएका देशबाट आफ्ना नागरिकलाई तत्काल फिर्ता ल्याउने व्यवस्था गर्न सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले बिहीबार यस्तो आदेश जारी गरेको हो । कोरोना भाइरसको महामारी फैलिएसँगै विदेशी मुलुकहरुले पनि आफ्ना नागरिक फिर्ता ल्याइरहेको सन्दर्भमा यस्तो आदेश दिएको हो ।
‘नेपाल आउँछौ, क्वारेन्टाइनमा बसौँला, परदेशमा भोकै मर्न लाग्यौँ भनेर सामाजिक संचालमा नेपालीहरुको आवाज आइरहदा सर्वोच्चले विदेशमा श्रम गरिरहेका नेपालीलाई फर्काउन दबाबसमेत आएको सन्दर्भमा उचित व्यवस्थापन गरी फिर्ता ल्याउन यस्तो आदेश दिएको हो ।
कोरोना महामारी फैलिएका देशमा रोजगारीमा रहेका नेपालीहरुको अवस्थाबारेको प्रतिवेदन तयार गर्न पनि सर्वोच्चले भनेको छ ।