भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

२४ घण्टामा २१ सय ७४ को मृत्युः अमेरिका

२४ घण्टामा २१ सय ७४ को मृत्युः अमेरिका

काठमाण्डाैं । संरा अमेरिकामा पछिल्लो २४ घण्टामा २१ सय ७४ को मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या ३४ हजार ६ सय १७ पुगेको छ । अहिले अमेरिकामा एकैदिन २९ हजार ५ सय ६७ नयाँ संक्रमित भेटिएको वर्ल्डोमिटर्सको डाटाबेसमा सुचीकृत छ ।

अहिलेसम्म ६ लाख ७७ हजार ५ सय ७० जना कोरोनाभाइरसबाट यहाँ संक्रमित छन् । यसमध्यमा १३ हजार ३ सय ६९ को अवस्था चिन्ताजनक छ भने जम्मा ५७ हजार ५ सय ८ जना उपचारपछि घर फर्किसकेका छन् ।

गत वर्षको अन्तमा चीनको वुहानमा देखिएको कोरोना हाल विश्वका विभिन्न देशमा फैलिने क्रम जारी छ । पछिल्लो समयमा कोरोना भाइरसबाट अमेरिका इपीसेन्टर बनिरहेको छ । अहिले अमेरिकामा दैनिकजसो २ हजार बढीको मृत्यु भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.