भर्खरै : Sorry, your browser does not support inline SVG.
झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव पक्राउ | नारायणी अस्पतालका सबै चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प | सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय |

विपद् आउनु पूर्व नै दक्षजनशक्ति उत्पादन गरौं : रेडक्रस

विपद् आउनु पूर्व नै दक्षजनशक्ति उत्पादन गरौं : रेडक्रस

नेपालगन्ज । विपद् लेखाजोखा तालिम बाकेको नेपालगन्जमा सम्पन्न भएको छ । आइतवार जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आयोजनामा भएको ३ दिने तालिममा सरोकारवालाले विपद् आउनु पूर्व नै दक्षजनशक्ति उत्पादन गर्नेमा जोड दिए ।

डेनिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी मार्फत बाकेमा संचालित आपत्कालीन प्रतिकार्यको लागि पूर्वतयारी कार्यक्रमद्वारा तालिम सम्पन्न भएको हो । विपद्बाट प्रभावित समुदायको सर्वेक्षण गर्दा स्थानीय तह, नेपाल प्रहरी र रेडक्रसको अनिवार्य सहभागिता हुने भएकोले विपद् आउनु भन्दा पहिला नै दक्षजनशक्ति उत्पादन गर्ने उद्देश्यले यो तालिम आयोजना गरिएको नेरेसो बाँके शाखा सभापति गोवर्धन सिंह सम्झनाले बताए ।

कार्यक्रममा नेपाल रेडक्रसका उपशाखा, इलाका प्रहरी कार्यालय र स्थानीय तहका प्रतिनिधि, बर्दिया, बाँके र सुर्खेतका जिल्ला आपत्कालीन कार्यसंचालन केन्द्रका प्रतिनिधि गरी ३३ जनाको सहभागिता रहेको थियो । नेरेसो विपद् तथा संकट व्यवस्थापन विभागकी कार्यक्रम संयोजक निरु प्रधान, सूचना प्रविधि विज्ञ दिपक दवाडी र नेरेसो लैङ्गिक तथा समावेसीकरण विभागकी कार्यक्रम अधिकृत पुष्पा खनालको सहजकर्तामा तालिम सम्पन्न भएको हो ।

नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, नेरेसो बाँके शाखाका बरिष्ठ जिल्ला शाखा अधिकृत दोलखबहादुर डाँगी लगायतले तालिमको उपयोगिताका बारेमा बताएका थिए ।

 


Thali Mobile Pvt.Ltd.