सुर्खेत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कार्यकर्ता र प्रहरीबीच सुर्खेतमा गोली हानाहान भएको छ । पञ्चपुरी–८ स्थित चेनेरीताल जंगलमा गोली हानाहान भएको हो ।
बुधबार विप्लव नेकपाका नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको प्रहरी टोली र कार्यकर्ताबीच गोली हानाहान हुदा दुई राउन्ड फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले बताए ।
गोली हानाहान भएपछि विप्लव नेकपाका कार्यकर्ता पक्राउ गर्न नसकिएको पन्तले बताए । प्रहरीलाई देख्नेबित्तिकै विप्लवका कार्यकर्ताले प्रहरीलाई आक्रमण गरेको उनको जिकिर छ । जवाफी फाइरिङ गरेर प्रहरी फिर्ता भएको भन्दै विप्लव नेकपाले मंगलबार राति भेरीगंगा नगरपालिकाको एनसेल टावरमा आगजनी गरेको पन्तले जानकारी दिए।