सुन्दरनगरीका रुपमा परिचित विश्वको आश्चर्यका रुपमा लिएको ताजमहल हेर्न निकै आतुर थिएँ । एकपटक होइन, पटक पटक यहाँ जाने योजना बनेकाे थियो । तर समय मिलिरहेको थिएन । यसपालि भने आइतबारका दिन यहाँ जाने मौका मिल्यो । मेरो परिवारका अन्य सदस्य भारतमै रहेकाले त्यहाँ जानलाई सजिलो हुने भएकाले त्यो सुन्दर ठाउँ जाने निर्णय भयो । हामी चारजना बिहान उठेर तयारी भयौं । गाडी आफ्नै भएकोले हामीलाई सहज भयो । हाम्रो यात्रा ताज तिर अघि बढ्यो ।
हाम्रो यात्रा नोयडाबाट सुरु भयो । आग्रामा पर्ने ताजमहल पुग्नलाई दुई घण्टा लाग्दोरहेछ बाटोमा निकै रमाइलो गर्दै फराकिलो सडक, चारैतीर हरियाली, सुन्दर फाँटहरु नियाल्दै हामीले गाडी दौडायौं । आहा ! कति राम्रा फुलहरु फुलेको, हरिया रुखहरु निकै रमाइलो भयो । बाटो भरी ठाउँ ठाउँमा खाना र खाजा खाने होटलहरुको व्यवस्था । हामीले त्यो वातावरण हेर्दा भोक पनि हरायो । तर खाजा त खानै प¥यो । एक होटेलमा छिरेर हामीले खाजा खायौं र त्यहाँ एकछिन विश्राम ग¥यौं ।
थकान मेटेपछि हामी त्यहाँबाट निस्कियौं । अब ताजमहल पुग्न आधा घण्टा बाँकी थियो । मनमा खुल्दुली लाग्यो । कस्तो होला ताज महल ? कसरी बनायो होला ? यही कुरा सोच्दा सोच्दै ताजमहल नजीक गएर हाम्रो गाडी रोकियो । गाडी पार्किङ्ग गर्दैगर्दा हामीलाई मान्छेहरुले घेर्न थाले । हामी पहिलो पटक भएकाले थाहा भएन । के गर्ने कसो गर्ने र कसरी जाने भन्ने कुरा । ति मान्छेहरुले भन्न थाले रिक्सा र गाइड गर्ने मानिस चाहिन्छ भने । सायद चाहिन्छ होला भनेर हामीले गाईड र रिक्सा लियौं ।
रिक्सामा १० मिनेट लाग्ने रहेछ । अलिकति हिडेपछि टिकट लिने ठाँऊ आयो । टिकट लियौं । भारतीयहरुलाई ७० रुपयाँ र बाहिरका मानिसलाई ५०० रुपैयाँ शुल्क लिने रहेछ । मैले ५०० तिरेर टिकट लगे । रिक्सालाई भित्र जान दिने रहेनछ त्यही बाटोमा पार्क गरेर गाइडसहित हामी चेकिङ्गमा गयौं । अति राम्रो ठाउँ सुरक्षीत रुपमा पर्यटकलाई साथ दिदा रहेछन् । पर्यटक सुरक्षा गार्डले सुरक्षितसंग भित्र पठायो । हामी भित्र प्रवेश गरीसकेपछि गाइडबाट ताजमहलका बारेमा जानकारी पाइयो ।
यो १६४८ मा निर्माण भएको रहेछ ताजमहल । २४० फिटमा फैलिएको रहेछ । जताबाट हेर्दा पनि एकै किसीमको देखिने यो अति सुन्दर छ । गाइडका अनुसार ताजमहल भारतको आगरा शहरमा अवस्थित छ । यसलाई विश्वको सबैभन्दा ठूलो आर्किटेक्चर कृतिका रुपमा मानिन्छ । सात आश्चर्यको रूपमा सूचीबद्ध गरिएको यो ताज महलमा हरेक वर्ष चारदेखि छ लाखसम्म पर्यटकहरु भ्रमण गर्न आउँदा रहेछन् । चाखलाग्दो, कुरा आगन्तुकहरू यहाँ आएपछि रमाउने गर्दछन् । विदेशी भूमिबाट आएकाहरु यहाँ पुग्नेवित्तिकै विशाल छाति बनाउँछन् ।
यसलाई युनेस्कोले विश्व विरासत स्थलका रूपमा नामित गरेको छ । ताजमहल मुगल सम्राट शाहजहां (१६२८–१६५८) द्वारा फारसी राजकुमारी मुमताज महल, उनकी प्रिय र अतिसुन्दरी तेश्रो पत्नी थिइन् । उनकै सम्मानस्वरुप बनाइएको रहेछ । उनको चौथो सन्तानको असरले गर्दा १६३२ मा मृत्यु भएको थियो । शाहजहले त्यो क्षती कहिल्यै बिर्सन सकेनन् । उनले आफ्नो ऊर्जा डिजाइनर र सबैभन्दा सुन्दर चिहानको निर्माणमा यमुना नदीको दक्षिणी किनार यसको लागि छनोट गरे ।
ताजमहल परिसर निर्माण गर्न दश दशक भन्दा बढीसमय लागेको भनेर गाइडले भने । सेतो संगमरमरको पत्थर (बहुमूल्य रत्न)ले निर्माण भएको छ । ढुङ्गाले छेउको काम भनिने नाजुक भित्री स्क्रिनमा गाँसिएको दृश्यले आगन्तुकहरूले अर्को कक्षमा सहजै देख्न सक्दछन् । अमूर्त डिजाइनमा पेंटिंग लगाएका पर्खालहरू छन् । यस्तो अविश्वसनीय काम गर्ने कलाकारहरूले अस्तु अहमद लाहौरीको नेतृत्वमा आर्किटेक्टको सम्पूर्ण समितिले निरीक्षण गरेका रहेछन् ।
आधुनिक मूल्यलाई दाँज्ने हो भने यसको मूल्य लगभग ५३ अरब रुपैयाँ हुन आउने जानकारी पाइयो । ताजमहल विश्वको सबैभन्दा सुन्दर भवनहरू मध्ये एक हो । जसले मुस्लिम भूमिबाट वास्तुकला तत्वहरूको संयोजन गरेको छ । शाहजहां मुगल राजवंशको सदस्य थिए । उनको परिवारले भारतमा १५२६ देखि १८५७ सम्म शासन गरेका रहेछन् । ताज महलको रोचक र नाटकीय इतिहास छ । एक भन्दा बढी शताब्दीमा एक पुरुष र एक महिला बीच, शुद्ध कोमल र बफादार प्रेमको अवतारका रुपमा छ ।
अद्भुत कलाले सजिएको ताजमहल भारतको प्रतीक पनि हो । यसको मुख्य आकर्षण दुनिया भरका पर्यटक यहाँ देख्न सकिन्छ । यो बनाउनुको कारण राजाले आफ्नी रानीको यादमा बनाएका रहेछन् । रानीको इच्छा अनुसार नै बनाएका रहेछन् । म मरे भने मेरो यादमा यहाँ एक सुन्दर महल बनाउनु है भनेपछि रानीको मृत्यु पश्चात यो निर्माण गरिएको रहेछ । रानीको नाम मुमताज भएकाले उनकै नाम राखेर मुमताजमहल राखेका रहेछन् ।
राजाले रानीको सम्झनामा बनाएको यस्तो उपहार आज भारतको मात्रै नभएर दुनियाँको एक अद्भुत स्मारक बन्न पुगेको छ । सायद माया गर्ने जोडीहरुका लागि त यो एक अमिट छाप छोड्न सफल भएको छ । राजाको मृत्यु भएछपछि साँचो माया अमर हुन्छ भन्ने कुरालाई पनि यसले देखाउँछ । ताजमहलको वरीपरी हामी रमाउन पुग्यौं । जीवनमा भोगेका दुःख, दर्दहरु भूल्न सफल भयौं ।
यो ठाउँ एकपटक पुग्नै पर्ने ठाउँ रहेछ । कृतिम तरिकाले बनाएका यस्ता आश्चर्यहरु नेपालमा भने प्रकृतिले नै उपहार स्वरुप दिएको छ । हाम्रो सरकारले पनि ति प्रकृतिका वरदानहरुको संरक्षण र सम्वद्र्धन गरेको भए सायद संसारभरीकै मानिसहरु यहाँ आउने थिए कि ? (माया गिरी दिल्ली) 
