भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

विश्वमा ४८ लाख ४ हजार ७ सय ६५ संक्रमित, नेपालमा २ काे ज्यान गयाे ३०४ संक्रमित

विश्वमा ४८ लाख ४ हजार ७ सय ६५ संक्रमित, नेपालमा २ काे ज्यान गयाे ३०४ संक्रमित

५ जेठ २०७७ काठमाडौं । नेपालमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै अहिले सम्म संक्रमितको संख्या ३०४ पुगेको छ । आज देखिएका संक्रमित रौतहट र बाराका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२८ हजार १ सय ७२ को परिक्षण गरिदा सम्म जम्मा संक्रमित ३ सय ४ पुगेको छ भने २ जनाको मृत्यु भएको छ । ३६ जना निको भएर घर फर्किएका छन् । आज संक्रमण पुष्टि भएकाहरुमा रौतहटका ८ जना र बाराका एक जना रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

काठमाडौंमा गरिएको परीक्षणमा रौतहटमा पुष्टि भएका सबै पुरुष र बारामा एक महिलामा संक्रमण देखिको छ । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८९ जनाको नमूना परीक्षण भएको छ ।

नेपालमा हालसम्म ९५ हजार ९ सय २९ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विश्वमा ४८ लाख ४ हजार ७ सय ६५ संक्रमित मध्य ३ लाख १६ हजार ७ सय ११ जनाको मृत्यु भएको छ । १८ लाख ५८ हजार ७ सय ८३ जना निको भएर घर फर्किएका छन् ।

अमेरिकामा अहिलेसम्म १४ लाख ७६ हजार ३४६ जना संक्रमित भेटिएका छन् । ८९ हजार ५५० जनाको मृत्यु भएको छ । अमेरिकापछि सबैभन्दा धेरै संक्रमित रुसमा छन् । त्यहाँ दुई लाख ८१ हजार ७५२ जना संक्रमित भेटिएकामा दुई हजार ६३१ जनाको ज्यान गएको छ ।

 


Thali Mobile Pvt.Ltd.