भर्खरै : Sorry, your browser does not support inline SVG.
मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित |

विहान २ नबजी एकैपटक ३ बज्ने ११ घण्टाको अमेरिकी रात

विहान २ नबजी एकैपटक ३ बज्ने ११ घण्टाको अमेरिकी रात

एजेन्सी । अमेरिकामा आगामी आइतबार विहान (मार्च १२ मा विहान) २ नबजी एकैपटक ३ बज्ने भएको छ । विहान १ बजेर ५९ मिनेट गइसकेपछि २ को सट्टा ३ बज्नेछ । अर्थात् उक्त रात ११ घण्टाको हुनेछ । किनभने डेलाइट सेभिङ टाइम आइतबार विहानबाट सुरु हुने भएको छ ।

बेलुका १० बजेदेखि ६ बजेसम्म सुत्ने तालिका बनाएकाहरुले ८ घण्टाको साटो थप ७ घण्टामात्र सुत्न पाउनेछन् । रातीमा काम गर्नेहरुले भने ८ घण्टाको साटो ७ घण्टा काम गर्नुपर्नेछ । १ घण्टा समय अगाडि जाने भएकाले माइक्रोवेभ, हातेघडी, भित्तेघडी, ओभन जस्ता चिजहरुमा घडी एकघण्टा फरवार्ड गर्नुपर्नेछ भने मोबाइल, ल्यापटप जस्ता इन्टरनेट कनेक्ट हुने डिभाइसहरुमा घडी आफै १ घण्टा फरवार्ड हुनेछ ।

अमेरिकाले दोस्रो विश्वयुद्धको अधिकांश समयमा डेलाइट सेभिङ टाइमलाई स्थायी राखेको हो । इन्धन बचत गर्न र चीजहरू मानक राख्नको लागि डेलाइट सेभिङ राखिएको थियो । सन् १९४५ मा युद्ध समाप्त भएपछि ग्यालपले उत्तरदाताहरूलाई हामीले कसरी समय बताउनुपर्छ भनेर सोध्दा केवल १७ प्रतिशतले त्यसबेला युद्ध समय भनिने कुरालाई सबै वर्षमा राख्न चाहन्थे।

सन् १९७० को दशकको ऊर्जा संकटको समयमा सन् १९७३ देखि १९७४ को हिउदमा स्थायी डेलाइट सेभिङ टाइम पुन प्रयास गरिएको थियो । त्यतीबेला पनि फेरि इन्धन बचत गर्ने विचार आयो । जनवरी १९७४ मा राष्ट्रपति रिचर्ड निक्सनले कानूनमा हस्ताक्षर गर्दा यो एक लोकप्रिय चाल थियो ।

तर महिनाको अन्त्यमा फ्लोरिडाका गभर्नरले अन्धकारमा आठ स्कूलका बच्चाहरूलाई कारले ठक्कर दिएपछि कानून खारेज गर्न आह्वान गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.