भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

विहान २ नबजी एकैपटक ३ बज्ने ११ घण्टाको अमेरिकी रात

विहान २ नबजी एकैपटक ३ बज्ने ११ घण्टाको अमेरिकी रात

एजेन्सी । अमेरिकामा आगामी आइतबार विहान (मार्च १२ मा विहान) २ नबजी एकैपटक ३ बज्ने भएको छ । विहान १ बजेर ५९ मिनेट गइसकेपछि २ को सट्टा ३ बज्नेछ । अर्थात् उक्त रात ११ घण्टाको हुनेछ । किनभने डेलाइट सेभिङ टाइम आइतबार विहानबाट सुरु हुने भएको छ ।

बेलुका १० बजेदेखि ६ बजेसम्म सुत्ने तालिका बनाएकाहरुले ८ घण्टाको साटो थप ७ घण्टामात्र सुत्न पाउनेछन् । रातीमा काम गर्नेहरुले भने ८ घण्टाको साटो ७ घण्टा काम गर्नुपर्नेछ । १ घण्टा समय अगाडि जाने भएकाले माइक्रोवेभ, हातेघडी, भित्तेघडी, ओभन जस्ता चिजहरुमा घडी एकघण्टा फरवार्ड गर्नुपर्नेछ भने मोबाइल, ल्यापटप जस्ता इन्टरनेट कनेक्ट हुने डिभाइसहरुमा घडी आफै १ घण्टा फरवार्ड हुनेछ ।

अमेरिकाले दोस्रो विश्वयुद्धको अधिकांश समयमा डेलाइट सेभिङ टाइमलाई स्थायी राखेको हो । इन्धन बचत गर्न र चीजहरू मानक राख्नको लागि डेलाइट सेभिङ राखिएको थियो । सन् १९४५ मा युद्ध समाप्त भएपछि ग्यालपले उत्तरदाताहरूलाई हामीले कसरी समय बताउनुपर्छ भनेर सोध्दा केवल १७ प्रतिशतले त्यसबेला युद्ध समय भनिने कुरालाई सबै वर्षमा राख्न चाहन्थे।

सन् १९७० को दशकको ऊर्जा संकटको समयमा सन् १९७३ देखि १९७४ को हिउदमा स्थायी डेलाइट सेभिङ टाइम पुन प्रयास गरिएको थियो । त्यतीबेला पनि फेरि इन्धन बचत गर्ने विचार आयो । जनवरी १९७४ मा राष्ट्रपति रिचर्ड निक्सनले कानूनमा हस्ताक्षर गर्दा यो एक लोकप्रिय चाल थियो ।

तर महिनाको अन्त्यमा फ्लोरिडाका गभर्नरले अन्धकारमा आठ स्कूलका बच्चाहरूलाई कारले ठक्कर दिएपछि कानून खारेज गर्न आह्वान गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.