भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वैशाख २४ गते बजेट अधिवेशन बोलाउन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस

वैशाख २४ गते बजेट अधिवेशन बोलाउन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । बजेट अधिवेशन वैशाख २४ गते बोलाउने
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

संवैधानिक व्यवस्थाअनुसार आगामी जेठ १५ भित्र आगामी आर्थिक वर्ष २०८० र ८१ को बजेट सार्वजनिक गरिसक्नु पर्ने व्यवस्था रहेको छ । बजेट सार्वजनिक गर्नु अगाडि सरकारले संघीय संसदमा वार्षिक नीति तथा कार्यक्रम पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

संसदको हिँउदे अधिवेशन वैशाख १५ गते अन्त्य भएको थियो । अब सरकारको सिफारिस बमोजिम राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नुपर्ने छ ।

 


Thali Mobile Pvt.Ltd.