भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

व्यक्तिगत रिसिभीका कारण अपहरण गरी कुटपिट सात जना पक्राउ

व्यक्तिगत रिसिभीका कारण अपहरण गरी कुटपिट सात जना पक्राउ

दाङ । अपहरण गरी बन्धक बनाएको आरोपमा दाङमा सात जना पक्राउ परेका छन् । दाङमा एक व्यक्तिलाई अपहरण गरी बन्धन बनाएको आरोपमा सात जना पक्राउ परेका हुन । आइतवार राति साढे १० बजे उनीहरुले अपहरण गरी रिक्सामा राखेर घोराही १९ थप्ली डाँडामा लगि निर्घात कुटपिट गरेका थिए ।

घोराही उपमहानगरपालिका–१३ डुम्मरगाउँका ४१ वर्षीय जितबहादुर विकलाई अपहरण गरेको आरोपमा ३२ वर्षीय दीपक सुनार, २४ वर्षीय हिरा सुनार, २३ वर्षीय जीवन सुनार, २० वर्षीय मनोज घर्तीमगर, ३४ वर्षीय खिमबहादुर घर्तीमगर पक्राउ परेको दाङ प्रहरीले जनाएको छ । दुई जना भने १३ वर्षीय बालक रहेका छन् ।

कुटपिटबाट घाइते भएका विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुले व्यक्तिगत रिसिभीका कारण कुटपिट गरेको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.