भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

व्यवसायीक हक हितका लागि प्रतिवद्ध मात्रै हाेइन, निरन्तर लिडरहने छाैं : उपाध्यक्ष देवेन्द्र केसी

व्यवसायीक हक हितका लागि प्रतिवद्ध मात्रै हाेइन, निरन्तर लिडरहने छाैं : उपाध्यक्ष देवेन्द्र केसी

पोखरा । हालै सम्पन्न पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा उद्योगतर्फका उपाध्यक्ष देवेन्द्र केसीले विजयी भएका छन् । नवनिर्वाचित केसीले उद्येमीहरुको पीरमर्कामा हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

काेराेना कहरका बेला थला परेकाे व्यापार व्यवसायलाई माथि उकास्न  र व्यवसायीक हत हितका लागि तपाईंकाे भूमिका के हुन्छ भनेर  कैलाश खबर डटकमले साेधेकाे प्रश्नमा सोमबार जवाफ दिदै नवनिर्वाचित उपाध्यक्ष केसीले पक्ष वा विपक्ष नभनेर व्यवसायीक हक हितका लागि निरन्तर लागिपर्ने बताए ।

मेरो–तेरो प्यानल नभनेर एकताबद्ध भएर अघि बढन आह्वान गर्दै उनले भने, ‘हामी चुनावी मैदानमा प्यानल भएपनि व्यवसायीक हक हितका लागि एउटै ठाउँमा उभिएका छाैं । निर्वाचनमा उद्योगीहरुले सक्षम नेतृत्वलाई चुनेका छन् ।’

उद्योग वाणिज्य संघ पोखरालाई काम गर्ने टिम चाहिएकाले आफूहरुलाई दिएको जिम्मेवारी पुरा गर्न कुनै कसुर बाँकी नराख्ने बताए । आफूहरुले चाहे जस्तो टिम निर्वाचित भएकाले पोखराका उद्योगी व्यावसायीहरुको हक हितका लागि कार्य सम्पादन गर्न सहज हुने र सहयाेग गर्ने प्रतिबद्धता जनाए । उपाध्यक्ष केसी ३४ औं महाधिवेशनमा १७ सय ९१ मत ल्याएर विजयी भएका हुन ।

 


Thali Mobile Pvt.Ltd.