भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

श्वेत भैरब फिक्स इँटा उद्योगमा बेलायती सांसदहरूको भ्रमण

श्वेत भैरब फिक्स इँटा उद्योगमा बेलायती सांसदहरूको भ्रमण

भक्तपुर । भक्तपुरको श्वेत भैरब फिक्स इँटा उद्योगमा बेलायती सांसदहरूले भ्रमण गरेका छन् । चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको फैढोकास्थित सो इँटा उद्योगमा बेलायतका ७ जना सांसदको टोलीले भ्रमण गरेका हुन् । नेपालमा मात्र नभएर दक्षिण एसियाकै नमूना र प्रदूषणमुक्त इँटा उद्योगको परिचय बनाउन सफल सो इँटा उद्योगको राम्रो अभ्यासबारे बुझ्न सांसदहरूको टोलीले भ्रमण गरे ।

भ्रमणको क्रममा इँटा उद्योगले प्रदूषण न्यूनीकरण र उर्जा खपतका लागि गरिरहेको प्रयासका विभिन्न अभ्यासहरुको अवलोकनमात्र नगरी सांसदहरुले इँटा उत्पादनको प्रारम्भिक अवलोकन गरे । उनीहरुले सो क्रममा इँटा उद्योगको भट्टीमा बोझाइको अवलोकन गरे भने एक सांसदले त झोकाइ समेत गरिन् । भ्रमणमा बेलायती सांसद सराह च्याम्पियन, रिकार्ड ब्याकन, पाउलिन लाथम, निगेल मिल्स, नर्भेन्दु मिश्र, काटे ओश्मार र वीरेन्द्र शर्मालगायत रहेका थिए ।

उनीहरुले उद्योगको जिकज्याक प्रविधिप्रति बेलायती सांसदहरुले चासो देखाएका थिए । ईट्टा उत्पादन प्रकृयाको स्थलगत अवलोकन गर्दै ती सांसदहरुले आफै माटो चलाए भने भट्टीमा कोइला खन्याए । नेपालमा ईट्टा भट्टाको वातावरणीय प्रभावलाई नजिकबाट हेर्दै प्राविधिक सहयोग गदैआएको इसिमोडको कार्य सम्पादनको प्रभावको अवस्था हेर्न सांसदहरुको टोलीले श्वेत भैरब फिक्स इँटा उद्योग रोजेको बेलायती राजदूतावासमा जलवायु परिवर्तन र वातावरण हेर्ने अधिकारी युगान मानन्धरले बताए ।

इसिमोडका विद्या प्रधानले नेपालमा ईट्टा भट्टाको विकासक्रम र यसले वातावरणमा पारेको प्रभाव न्यूनीकरणका लागि बेलायत सरकारले गर्दै आएको आर्थिक भौतिक सहयोगको अवस्थाबारे अध्ययन गर्न सांसदहरु नेपाल आएको बताइन् । उनले भक्तपुरका ईट्टा उद्योगहरु क्रमशः प्रविधिमैत्री र प्रदूषण न्यूनीकरणतर्फ उन्मुख हुँदै गइरहेको पाइएको सांसदहरुले बताएको जानकारी दिइन् । ‘पहिला धेरै प्रदूषण हुने गरेकोमा अहिले सुधार भइरहेको छ । ईट्टा भट्टामा प्रविधिको प्रयोगद्वारा सुधार र व्यवस्थित भएको पाइएको एक बेलायती सांसदले प्रतिक्रिया दिएका दिए’, उनले भनिन् ।

अवलोकनको क्रममा दक्षिण एसियाली ईटा उद्योग व्यवसायी संघका अध्यक्ष एवं नेपाल ईट्टा उद्योग महासंघका पूर्व अध्यक्ष महेन्द्र चित्रकारले विकसित देश बेलायतका सासंदहरु नै दंग भएर नेपालको ईट्टा भट्टाको प्रविधिको अवलोकन भएकोमा खुसी जनाए । भक्तपुर ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष नातीभाइ ह्याम्बाले भक्तपुरमा सञ्चालित सबै ईट्टा भट्टाले जिकज्याक प्रविधिबाट ईट्टा उत्पादन गर्न थालिसकेकाले सरकारको मापदण्डभन्दा कम मात्रै वातावरण प्रदुर्षण भइरहेको बताए ।

भट्टाका प्रवन्धक तथा इसिमोड ईट्टा भट्टा प्रविधिका उपसंयोजक राजकुमार लाखेमरुले ईट्टा उत्पादनका लागि भट्टाको भट्टीमा बाल्ने इन्धनलाई जिकज्याक गरी पूर्णरुपमा बालेर धुवा ननिस्कने गरी बनाएको प्रविधिको बेलायती सांसदहरुले अभिरुचिपूर्वक अध्ययन गरेको बताए ।

 


Thali Mobile Pvt.Ltd.