संसद्का दुवै सदनको बैठक बस्दै

संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । बानेश्वरमा प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक अपराह्न ४ बजेर १ मिनेटमा बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।

बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणले शुक्रबार अपराह्न ४ बजेर १ मिनेटमा सारिएको थियो । यसअघि प्रतिनिधिसभा बैठक संसदीय सुनवाइ समितिमा सदस्यहरू मनोनयन गर्ने, सत्य निरूपण तथा मेलमिलाप आयोगका लागि

विशेष समिति गठन गर्ने तथा संवैधानिक परिषद् सम्बन्धी ऐन पारित गर्ने लगायतका कार्यसूची राखेर बैठक बोलाइएको थियो । तर, मुख्यतः संवैधानिक परिषद् ऐनमा प्रधानमन्त्रीलाई विशेषाधिकारसहित राखेर नयाँ प्रस्ताव ल्याए पछि

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाउँदा सो विधेयक कार्यसूचीबाट हट्न पुगेको थियो । यस अघि माथि उल्लेखित प्रमुख विषय नै समावेश नगरी बैठक बसेको थियो ।

 


Thali Mobile Pvt.Ltd.