भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

सचेत रहन डब्ल्यूएचओको आग्रह, फेरि कोरोनाको त्ररास

सचेत रहन डब्ल्यूएचओको आग्रह, फेरि कोरोनाको त्ररास

काठमाण्डौ । २४ घण्टामा तीन हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि भारतमा फेरि त्ररास बढेको छ । भारतमा फेरि कोरोनाका सङक्रमित बढ्न थालेपछि डब्ल्यूएचओले सचेत रहन आग्रह गरेको हो ।

केन्द्र सरकारले स्वास्थ्य तथा मातहतका निकायलाई सम्भावित महामारीको सामनाका लागि तत्काल समीक्षा गर्न तथा रोकथामका आवश्यक उपाय अवलम्बन गर्न निर्देशन दिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि कोरोना महामारीको सम्भावित नयाँ चरणलाई दृष्टिगत गरी खोपको पहुँच बढाउन तथा सावधानी अपनाउन आह्वान गरेको छ ।

पछिल्लो पाँच महिनापछि एकै दिन तीन हजारभन्दा धेरैको सङख्यामा सङ्क्रमण पुष्टि भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको बुधबार तीन हजार सङ्क्रमित फेला परेका थिए ।

महामारी कम भएसँगै गएको अक्टोबर २८ तारिखमा सबैभन्दा धेरै दुई हजार दुई सय आठ जनामा सङ्क्रमण देखिएको थियो । अहिले भारतमा १५ हजार २ सय ८ जना सक्रिय सङक्रमित रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.