भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

सन् २०२२ मा बंगलादेशको गरीबी दर १८.७ प्रतिशत

सन् २०२२ मा बंगलादेशको गरीबी दर १८.७ प्रतिशत

एजेन्सी । बंगलादेशको गरीबी दर सन् २०२२ मा १८.७ प्रतिशतमा झरेको छ । कोभिड–१९ को महामारी र भूराजनीतिक जोखिमका वावजुद पनि बंगलादेशको गरीबी दर सन् २०२२ मा १८.७ प्रतिशतमा झरेको हो ।

योजनामन्त्री एमए मन्नानले कोभिड–१९ को महामारी र रुस–युक्रेन द्वन्द्वले बंगलादेशको उपलब्धिमा ठूलो धक्का लाग्ने चिन्ताका वावजुद दक्षिण एशियाली मुलुकको गरीबी दरमा उल्लेखनीय गिरावट आएको बताए । यद्यपि, विज्ञहरूले यसअघि कोरोना महामारीको समयमा कम्तिमा २ करोड मानिस गरीबीको रेखामुनि झरेका गरीबी निवारणमा बंगलादेशको सफलताको ५० वर्षपछि पुगेको बताएका थिए ।

स्थानीय मुद्राको अवमूल्यन समेत भएको र यसले निम्न तथा मध्यम आय भएका धेरै मानिसलाई गरीबीको रेखामुनि धकेलेको उनीहरुको तर्क छ । रुस–युक्रेन द्वन्द्वकाबीच महामारी र अत्यावश्यक वस्तुको मूल्यवृद्धिका कारण अनौपचारिक रोजगारीमा संलग्न ४ करोड मानिसको ठूलो हिस्साले रोजगारी गुमाएको उनीहरूले बताएका थिए । कम्तिमा १६ करोड ५० लाख बंगलादेशी जनताको ठूलो हिस्साको आयमा कमी आएको विज्ञहरूले बताएका छन् ।

सन् २०१६ को २४.३ प्रतिशतबाट गत वर्ष १८.७ प्रतिशतमा झरेको बंगलादेशको तथ्यांक ब्यूरो (बीबीएस) को पछिल्लो तथ्यांकले देखाएको हो । राष्ट्रिय तथ्यांक एजेन्सीले बुधबार आफ्नो पारिवारिक आय र व्यय सर्वेक्षण सार्वजनिक गर्दै बंगलादेशको चरम गरीबी दर घटेर ५.६ प्रतिशतमा झरेको उल्लेख गरेको छ । यसअघि सन् २०१६ मा गरिएको सर्वेक्षणले गरीबी दर २४.३ प्रतिशत र चरम गरीबी दर १२.९ प्रतिशत रहेको देखाएको थियो ।

 


Thali Mobile Pvt.Ltd.