भक्तपुर । २०७९ असार ३२ गते भक्तपुरको दरबार क्षेत्रबाट सुरू हुने काेरा साइकल च्यालेन्जको समपूर्ण तयारी पुरा भएको छ । साइकल कनेक्ट भक्तपुरले शनिबार गर्ने काेरा साइकलिङ च्यालेन्जको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । काेरा साइकल यात्रा दरबार क्षेत्रबाट सुरु भएर सिद्धपोखरी, निकोशेरा, बहाखा बजार, बोडे, निलबाराही, वेशीगाउँ, दुवाकोट, चाँगुनारायण, त्रिशूल डाँडा, तेलकोट, नगरकोट, थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डुफगाम्चा, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि हुँदै पुन : भक्तपुर दरबार क्षेत्रमा पुगेर समापन हुनेछ ।
काेरा च्यालेन्ज अन्तरगत ५० किलोमिटरको च्यालेन्जमा पुरूष १ सय २०, महिला ८ गरी १ सय ३८, ७५ किलोमिटरको च्यालेन्जमा ४५ पुरूष र २ महिला गरि ४७ र १ सय किलोमिटरको च्यालेन्जमा पुरूषतर्फ १ सय ४ र ३ महिला गरि १ सय ७ जनाको सहभागिता रहेको साइकल कनेक्ट भक्तपुरले जनाएको छ । कोरा साइकल च्यालेन्जलाई भक्तपुरको रानीकोटमा रहेको भिलेज हाईल्यान्ड रिसोर्टले आर्थिक सहयोग गरेको छ । भक्तपुरका युवाले गरेको प्रयासलाई सार्थकता तुल्याउन आर्थिक सहयोग गरेको बताउदै भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक राम सुन्दर बकेले नेपालको पर्यटनमा कोरा आयोजनाले टेवा पुर्याउने बताए ।
उनले काेरा साइकल च्यालेञ्जले विश्वका पर्यटकहरुलाई नेपाल आउन प्रेरित गर्ने बताउदै यसले भक्तपुरमा पर्यटक भित्राउन महत्वपूर्ण भूमिका खेल्ने बताए । बकेले सांस्कृतिक सम्पदाहरु र प्राकृतिक सुन्दरलाई एकै चोटि नियाल्न मिल्ने भएकाले कोरा आयोजनाले भक्तपुरलाई विश्व बजारमा पुग्न अझ मदत पुग्ने बताए । भक्तपुर कोरा २०२२ नाम दिइएको च्यालेन्जको निमित्त आयोजकले ५०, ७५ र १०० किलोमिटरका तीनवटा रूट तयार गरेको छ । भक्तपुरको रफत सञ्चार क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा कूल २ सय८२ जना साइकलयात्रीको सहभागिता रहने कार्यक्रम संयोजक सुनिल ख्याजूले जानकारी दिए ।
च्यालेन्जमा भक्तपुर, काठमाडौं, ललितपुर, बनेपा, पनौति, पोखरा, तनहुँ, धरानलगायतका शहरहरूबाट साइकलयात्री सहभागी रहेको साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बालाले जानकारी दिए । भक्तपुरलाई साइकलिङ गन्तव्य बनाउन र कोभिडको कारण ज्यान गुमाएका साइकलिष्ट यमलाल रसाइलीको परिवारलाई सहयोग रकम संकलन गरि कोष स्थापना गर्नका लागि कार्यक्रम गरिन लागेको अध्यक्ष बालाको भनाई छ ।
भिडियाे…
