भर्खरै : Sorry, your browser does not support inline SVG.
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै | विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ | बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, मुख्यमन्त्री बानियाँ अल्पमतमा | एक्याप क्षेत्रमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु, मुस्ताङ सबैभन्दा प्रभावित | दोलखामा बाढीले एक जना बेपत्ता, भीरमा फसेका चार जनाको उद्धार प्रयास जारी | इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप ८७ अर्ब डलर बजेट माग | कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने | कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा |

साढे दुई वर्षपछि दूधको मूल्य बढ्यो

साढे दुई वर्षपछि दूधको मूल्य बढ्यो

काठमाण्डौ । दूधको मूल्य बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्यमा ६ रुपैयाँ ५२ पैसा बढाउँदै प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा कायम गरेको हो । किसानले दूध उत्पादनमा लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आए पनि सरकारले साढे २ वर्षपछि मूल्य बढाएको हो । दूधको लागत मूल्यसमेत नउठेको भन्दै केन्द्रीय दूग्ध सहकारी सङ्घ लिमिटेडले मूल्यवृद्धिका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई अनुरोध गरेपछि अध्ययनका लागि समिति गठन गरेको थियो ।

समितिले दिएको प्रतिवेदनका आधारमा मूल्य बढाउने प्रस्ताव कृषि मन्त्रालयले मन्त्रिपरिषदमा लगेको थियो । विगतमा हरेक वर्ष मूल्य समायोजन हुँदै आए पनि पछिल्लो समय साढे दुई वर्षयता दूधको मूल्य समायोजन भएको थिएन । यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा रहेकोमा लिटरमा १३ दशमलव १७ प्रतिशत अर्थात ६ रुपैयाँ ५२ पैसाले वृद्धि भएको हो । सरकारले तोकेको मूल्य किसानको लागि हो, उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य भने दूग्ध विकास संस्थानले तय गर्नेछ ।

 


Thali Mobile Pvt.Ltd.