भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

साँसद सरिता गिरीलाई पक्राउ गर्न उजुरी

साँसद सरिता गिरीलाई पक्राउ गर्न उजुरी

६ असार २०७७, शनिबार काठमाडौँ । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताविरुद्ध अभिव्यक्ति दिएको भन्दै समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दर्ता भएको छ ।

गिरीलाई पक्राउ गरी कारबाही गरिनुपर्ने मागसहित महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दर्ता भएको हो । अधिवक्ताहरू सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले शुक्रबार उजुरी दिएको महानरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी राजकुमार केसीले बताए

जेठ ३१ गते संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा पाकिस्तानबाट बंगालदेश बने जस्तै नेपाल पनि टुक्रने र निशान छाप संशोधन विधेयककको समर्थन गर्नु आत्महत्या गर्नु सरह भएको भन्ने अभिव्यक्ति सांसद गिरी दिएकी थिइन् ।

गिरीको अभिव्यक्ति नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता विपरीत भएको र त्यस्ता अभिव्यक्ति दिन संविधानले नै निषेध गरेकाले उनलाई तत्काल पक्राउ गरी राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन उजुरीमा माग गरिएको छ । गिरीलाई मुलुकी अपराध संहिता २०७४ अनुसार हदैसम्मको सजायको माग गरिएको छ ।