भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

चीनको खण्डन : गलवान क्षेत्रमा भारतीय दम्भको जवाफ दिएकाे, १० सैनिक नियन्त्रणमा नलिएकाे

चीनको खण्डन : गलवान क्षेत्रमा भारतीय दम्भको जवाफ दिएकाे, १० सैनिक नियन्त्रणमा नलिएकाे

६ असार २०७७, काठमाडौं । लद्दाखको गलवान क्षेत्रमा भएको भिडन्तको सम्पूर्ण जिम्मा भारतले लिनु पर्ने चीनले जिकिर गरेको छ ।

आफुले कुनै भारतीय सैनिकलाई नियन्त्रणमा नलिइएको भन्दै १० जना भारतीय सैनिकलाई छाडेको भन्ने खबरको गलत भएको चीनले खण्डन गरेको छ । उक्त समाचारप्रति खण्डन गर्दै चीनले भारतीय सैनिक एक लेफ्टिनेन्ट कर्णेल र तीन मेजरसहित १० जनालाई छोडेको भन्ने हल्लाका पछि नलाग्न र गलत अफवाह नफैलाउन भारतीय संचारमाध्यमलाइ चेतावनी दिएको छ ।

यसैबीच शुक्रबार बेइजिङमा चीनको विदेश मन्त्रालयका प्रवक्ताले भारतीय सैनिकलाई कब्जामा नै नलिएको बताएका छन् । प्रवक्ता झाओ लिजिआनले भिडन्तको जिम्मेवार सम्पूर्ण रूपमा भारत रहेको र जुन १५ मा भएको हिंसात्मक भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु हुनु भारतीय दम्भको जवाफ दिएको जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.