भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा अख्तियार छापा, पासवान माथि भ्रष्टाचार मुद्दा

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा अख्तियार छापा, पासवान माथि भ्रष्टाचार मुद्दा

काठमाडौं । मल खरिद बिक्रीको रकममा अनियमितता गरेको आरोपमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, मल बिक्री केन्द्र, सल्यानका तत्कालीन जुनियर सहायक विजय कुमारपासवान माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मल विक्रीको रकम नियमानुसार हिसाबकिताब नराखी सार्वजनिक सम्पत्तिको हिनामिना र भ्रष्टाचार गरेको छानविनबाट खुलेको दावी सहित आयोगले पासवान माथि बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

तत्कालीन साल्ट ट्रेडिङ कर्पोरशन, सल्यान मल बिक्री केन्द्रका इन्चार्ज पासवानले आफ्नो जिम्माको मौज्दाज रासायनिक मल संस्थाको आधिकारिक खातामा रकम दाखिला गरेपश्चात मल डेलिभरी गर्नुपर्नेमा आफुखुशी आफ्नो व्यक्तिगत खातामा बदनियतसाथ रकम जम्मा गरी १८ लाख ७६ हजार, ६ सय ६४ रुपैयाँ बराबरको रासायनिक मल हिनामिना गरेको छानबिनबाट खुलेको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकोले पासवानलाई सोही ऐनको दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को खण्ड (च) बमोजिम १८ लाख ७६ हजार, ६ सय ६४ रुपैयाँ बराबर बिगो कायम गरी सजायको माग समेत गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.