भर्खरै : Sorry, your browser does not support inline SVG.
नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर | २५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी | बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन |

सिक्टा सिँचाई आयोजनामा भएको भ्रष्टाचारबारे सर्वोच्च पुग्यो अख्तियार

सिक्टा सिँचाई आयोजनामा भएको भ्रष्टाचारबारे सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं । राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजनामा भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनालाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । सिक्टा सिँचाइ आयोजना अलपत्र पारेको अभियोगमा पूर्वमन्त्रीसमेत रहेका ठेकेदारपाण्डेसहित सबै २१ जनालाई गत असार ५ गते विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरु रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले सफाइ दिने फैसला गरेको विरुद्ध गैरकानुनी लाभ तथा हानीसम्बन्धी मुद्दामा उनीहरुविरुद्ध आयोगले सर्वोच्च पुनरावेदन गरेको गरेको हो ।

सिक्टा सिँचाइ आयोजना निर्माणको जिम्मा पाएको कालिका कन्ट्रक्सन जेभीका प्रमुख रहेका पाण्डेविरुद्ध त्यही हैसियतमा दुई अर्ब १३ करोड ७६ लाखको बिगो कायम गरी मुद्दा चलाइएको थियो ।
१३ अर्ब लागतमा एक दशक लगाएर निर्माण गरिएको नहर परीक्षणका लागि पानी छाड्दा क्षतिग्रस्त भएपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको मूल नहर भत्किएपछि डिजाइनमै त्रुटि गरेको तथा निर्माणका क्रममा गुणस्तरीय काम नगरेको भन्ने आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जनालाई २०७५ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.