भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

सिसडोलमा सहमतीको कार्यान्वयनको सकस,काठमाण्डौको फोहोर प्रहरीको सहयोगमा विसर्जन

सिसडोलमा सहमतीको कार्यान्वयनको सकस,काठमाण्डौको फोहोर प्रहरीको सहयोगमा विसर्जन

काठमाण्डौ । काठमाण्डौमा थुप्रिएको फोहोर व्यवस्थापन हुने काठमाडौं महानगरपालिकाले जनाएको छ । सिसडलका बासिन्दाले फोहोर विसर्जन गर्न अवरोध गरेपछि महानगरपालिकाले प्रहरीको सुरक्षामा बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा फोहोर पुर्‍याउन थालेको हो । नियमित फोहोर नउठ्दा काठमाण्डौका मुख्य सडकमा फोहोर थुप्रिन थालेको छ ।

शुत्रबारदेखि प्रहरीको सुरक्षामा फोहोर बोकेका गाडी ल्याण्डफिल्ड साइट पुग्न थालेपछि सडकमा थुप्रिएको फोहोर केही दिनमै उठाइसक्ने महानगरपालिकाले जनाएको छ । फोहोरको ढुवानी सहज नहुँदासम्म घरमै व्यवस्थापन गर्न महानगरपालिकाले अनुरोध गरेको छ । फोहोरका कारण दुर्गन्ध फैलिएको भन्दै स्थानीयबासिन्दाले गएको १ गतेदेखि फोहोर फाल्न अवरोध गर्दै आएका छन् ।

फोहोर माटोले छोप्नुपर्ने र दुर्गन्ध फैलिन रोक्नुपर्ने स्थानीयबासिन्दाको माग पूरा गर्ने मौखिक सहमति भैसकेको छ । तर सहमति कार्यान्वयन नभएको भन्दै ल्याण्डफिल्ड साइट नजिकका स्थानीयबासिन्दा आन्दोलनमै छन् । स्थानीयको अवरोध भएपछि काठमाण्डौ महानगरपालिकाले प्रहरीको सुरक्षामा फोहोर विसर्जन गर्न थालेको छ भने शुक्रबार एक सय ५२ वटा गाडीले बञ्चरेडाँडामा फोहोर विसर्जन गरेको जनाएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.