सुन तस्करीका दुई आरोपित विमानस्थलबाट पक्राउ

सुन तस्करीका दुई आरोपित विमानस्थलबाट पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा सर्वाधिक खोजिएका दुई चिनियाँ नागरिक पक्राउ परेका छन ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्वाधिक खोजिएका ती २ चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान पक्राउ गरेको हो ।

बिहान चिनियाँ नागरिक ली गैलिन र लिओ फुयानलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको सीआईबी स्रोतले बताएको छ ।

हिमालय एयरलाइन्सको उडानमार्फत चीनतर्फ प्रस्थान गर्दैगर्दा पक्राउ परेका उनीहरु हालै बरामद भएको ‘ब्रेक शु’मार्फत भएको सुन तस्करीमा संलग्नता रहेको खुल्न आएको स्रोतको दावी छ ।

 


Thali Mobile Pvt.Ltd.