भर्खरै : Sorry, your browser does not support inline SVG.
अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, बीपी राजमार्ग र कान्ति लोकपथ पूर्ण रूपमा बन्द | मुक्ति घोषणा भएको चार वर्ष स् हरवाचरवा समुदाय पहिचानबाट वञ्चित | भारी वर्षाको चेतावनी, २३ जिल्ला रेड अलर्टमा | मनसुन जोखिम बढेपछि निजी हेलिकप्टर, ड्रोन र र्‍याफ्टिङ तयारीमा राख्दै सरकार | सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा |

सुवासले लेलान्त् उम्मेदवारी फिर्ता ?

सुवासले लेलान्त् उम्मेदवारी फिर्ता ?

काठमाण्डौ । राष्ट्रपतिका लागि उम्मेदवारी दिएका दिएका तर उम्मेदवार बन्न नचाहेका व्यक्तिले आज आफ्नो उम्मेदवारी फिर्ता लिन पाउने आयोगले जनाएको छ ।

कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ता लिन पाइने छ ।आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।

राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमाले नेता सुवास नेम्वाङको उम्मेदवारी परेको छ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति चुनावमा फेरि उम्मेदवार हुन नसक्ने संविधानमा व्यवस्था छ ।

राष्ट्रपतिका लागि आउँदो २५ गते चुनाव हुँदैछ । बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । २५ गते मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ । त्यही दिन बेलुकी ७ बजेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालय रहेको परिसरभित्रै मतदान केन्द्र रहनेछ । राष्ट्रपति चुनावका लागि सङ्घीय संसद् सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र हुनेछ । सङ्घीय संसद् र प्रदेश सभा सदस्यको मतभार फरक हुने भएकाले यस्तो व्यवस्था गरिएको हो ।

सङ्घीय सांसदको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ । कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुनेछन् । त्यसरी बहुमत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मतदान हुनेछ ।

त्यस्तो मतदानमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछन् । बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीचको मतदानबाट समेत कुनै उम्मेदवारले कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा फेरि मतदान हुनेछ ।

त्यस्तो मतदानमा खसेको कुल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीलाई सुवासको उम्मेदवारी फिर्ता लिन पत्र पठाएको समाचार बाहिरिएको छ । के सुवासले उम्मेदवारी फिर्ता लेलान्त भन्नेमा सर्वत्र चाँसोको विषय बनेको छ ।

 


Thali Mobile Pvt.Ltd.