भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सूर्यविनायक धुलिखेल सडक विस्तारको काम समयमै सक्न यातायातमन्त्रीको निर्देशन

सूर्यविनायक धुलिखेल सडक विस्तारको काम समयमै सक्न यातायातमन्त्रीको निर्देशन

काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीलाई सूर्यविनायक(धुलिखेल सडक विस्तारको काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । हिजो सूर्यविनायक(धुलिखेल सडक खण्डको अनुगमनका क्रममा मन्त्री ज्वालाले तोकिएको समयभित्रै काम सक्न निर्देशन दिनुभएको हो । उहाँले राम्रो काम गर्नेलाई पुरस्कृत र काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई दण्डित गरिने बताउनु भएको छ ।

मन्त्री ज्वालाको नेतृत्वमा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललगायतको टोलीले सडक खण्डको अनुगमन गरेको थियो । सूर्यविनायक धुलिखेल सडक खण्ड दुई खण्डमा विभाजन गरी अहिले सडक विस्तारको काम भइरहेको छ । अहिले सडकका दुवै किनारमा पर्खाल निर्माण भइरहेको छ ।

कुल १६ किलोमिटर लम्बाइ रहेको यस सडक खण्ड विस्तारको काम गएको वर्षदेखि सुरु गरिएको हो । झन्डै आठ अर्ब ४२ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको सडक खण्डमा तीन ठाउँमा पक्की पुलसमेत निर्माण गरिने आयोजनाका प्रमुख राजेन्द्र दासले जानकारी दिनुभयो । तीन वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको यो सडकमा २० मिटरको मुख्य र दायाँ(बायाँ पाँच पाँच मिटरको सर्भिस लेन र साढे दुई मिटरको पैदलयात्रुमार्गको निर्माण गरिनेछ ।

 


Thali Mobile Pvt.Ltd.