२१ बैशाख २०७७ काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्ध लकडाउन जारी रहेको वेला समस्यामा परेका मानिसलाई सहयोग गर्ने सहयोगी हातहरु पनि बढदै गएका छन् ।
लामो समयको लकडाउनका कारण दैनिक जीवन यापनमा कठिनाई भएपछि भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं ८ स्थित दार्जिलिङ हाईट र मिलनबस्ती टोलमा व्यवसायीहरुले राहत वितरण गरेका छन् ।
सूर्यविनायक नगरपालिका वडा नं ८ मा रहेका विपन्न परिवारलाई दार्जिलिङ हाईट र मिलनबस्ती टोलमा व्यवसायी तथा समाजसेवी पूर्ण बहादुर लिम्बू र डिल्लीराज बराइलीले राहत वितरण गरेका हुन ।
८५ घर परिवारलाई राहत वितरण गरेको स्थानीयले बताएका छन् । लकडाउनका कारण समस्यामा परेका मानिसलाई सहयोग पुगोस भन्ने उदेश्यले राहत वितरण गरेको व्यवसायी तथा समाजसेवी पूर्ण बहादुर लिम्बू र डिल्लीराज बराइलीले कैलाश खबरलाई बताए ।
प्रति परिवार एक एक बोरा जिरा मसिनो चामल, डेढ किलो दाल, एक किलो मस्यौरा, एक प्याकेट नुन, एक पाकेट तेल राहत बितरण गरेको लिम्बु र बराइलीले बताए । आफु समस्यामा परेका बेला सहयोग गरेकोमा स्थानीयले लिम्बु र बराइलीलाई धन्यवाद दिएका छन् ।