भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

कोरोनाबाट अमेरिकामा साढे ६८ हजारको ज्यान गयो, १२ लाख संक्रमित

कोरोनाबाट अमेरिकामा साढे ६८ हजारको ज्यान गयो, १२ लाख संक्रमित

२२ बैशाख २०७७ काठमाडौं । अहिले सम्म विश्वभर कोरोना संक्रमितको संख्या साढे ३५ लाख नाघेको छ । वल्डोमिटरको तथ्यांकअनुसार कुल ३५ लाख ६२ हजार ७ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मृत्यु हुनेको संख्या २ लाख ४८ हजार १ सय १६ पुगेको छ । विश्वमा एकै दिन ८१ हजार ३ सय ३० जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी छ । ११ लाख ८७ हजार ५ सय १० जनामा संक्रमण पुष्टि भएको छ । अमेरिकामा ६८ हजार ५ सय ८१ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार १ सय ३७ को ज्यान गएको तथ्यांक छ । स्पेनमा २ लाख ४७ हजार १ सय २२ छन् । स्पेनमा अहिले सम्म २५ हजार २ सय ६४ जनाको ज्यान गएको छ । इटालीमा २ लाख १० हजार ७ सय १७ जनामा संक्रमण भेटिएको छ ।

त्यस्तै २८ हजार ८ सय ८४ जनाको ज्यान गएको छ । बेलायतमा १ लाख ८६ हजार ५ सय ९९ संक्रमित छन् । त्यहाँ २८ हजार ४ सय ४६ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ६८ हजार ६ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या २४ हजार ४ सय ४६ रहेको छ । विश्वभर ११ लाख ५३ हजार ८ सय ४७ जना कोरोना संक्रमित निको भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.