भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

कोरोनाबाट अमेरिकामा साढे ६८ हजारको ज्यान गयो, १२ लाख संक्रमित

कोरोनाबाट अमेरिकामा साढे ६८ हजारको ज्यान गयो, १२ लाख संक्रमित

२२ बैशाख २०७७ काठमाडौं । अहिले सम्म विश्वभर कोरोना संक्रमितको संख्या साढे ३५ लाख नाघेको छ । वल्डोमिटरको तथ्यांकअनुसार कुल ३५ लाख ६२ हजार ७ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मृत्यु हुनेको संख्या २ लाख ४८ हजार १ सय १६ पुगेको छ । विश्वमा एकै दिन ८१ हजार ३ सय ३० जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी छ । ११ लाख ८७ हजार ५ सय १० जनामा संक्रमण पुष्टि भएको छ । अमेरिकामा ६८ हजार ५ सय ८१ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार १ सय ३७ को ज्यान गएको तथ्यांक छ । स्पेनमा २ लाख ४७ हजार १ सय २२ छन् । स्पेनमा अहिले सम्म २५ हजार २ सय ६४ जनाको ज्यान गएको छ । इटालीमा २ लाख १० हजार ७ सय १७ जनामा संक्रमण भेटिएको छ ।

त्यस्तै २८ हजार ८ सय ८४ जनाको ज्यान गएको छ । बेलायतमा १ लाख ८६ हजार ५ सय ९९ संक्रमित छन् । त्यहाँ २८ हजार ४ सय ४६ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ६८ हजार ६ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या २४ हजार ४ सय ४६ रहेको छ । विश्वभर ११ लाख ५३ हजार ८ सय ४७ जना कोरोना संक्रमित निको भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.