भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

स्ववियु निर्वाचनमा सहकार्य गरेर जाऊ

स्ववियु निर्वाचनमा सहकार्य गरेर जाऊ

सुर्खेत । सत्ता गठबन्धन निकट विद्यार्थी संगठनलाई सहकार्य गर्न नेतृत्वले निर्देशन दिएको छ ।

प्रदेशस्तरीय बैठकले चैत पाँच गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा गठबन्धन निकटका विद्यार्थीहरुलाई सहकार्य गर्न निर्देशन दिएको हो ।

वीरेन्द्रनगरमा बसेको बैठकले कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनको बैठकले तालमेल गरेर जान भनेको छ ।

माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियनलगायतका सत्तारुढ गठबन्धन दलका भातृ संगठनबीच सहकार्य गरेर जान निर्देशन दिइएको हो ।

मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचनका लागि विद्यार्थी सङ्गठनले क्याम्पसमा नाम दर्ता गराएका छन् । ती विद्यार्थी सङ्गठनले छुट्टाछुट्टै संठनको नाम दर्ता गराएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.