भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

स्वास्थ्य सावधानी अपनाउन आग्रह

स्वास्थ्य सावधानी अपनाउन आग्रह

काठमाण्डौ । देशभर चिसोसँगै प्रदूषण पनि बढेकाले मौसम धुम्मिएको छ । स्थानीय प्रभावका कारणले प्रदूषण बढेर आकाश खुल्न नसकेकाले मौसम धुम्मिएको मौसमविद्हरुले बताएका छन् । तत्काल पश्चिमी वायुको प्रभाव रहने नदेखिएकाले केही दिन मौसम धुम्म नै रहने र आइतबार बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको जनाइएको छ छ ।

सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । चिसो बढ्दै गएको छ । चिसोसँगै प्रदूषण पनि बढेको छ । सहरीकरण, जथाभाबी आगो बाल्नु तथा फोहोर जलाउनु, पानी नपर्दा धुलो बढ्दै गएकाले प्रदूषणको मात्रा बढेको हो । चिसो र प्रदूषण सँगसँगै बढेकाले स्वास्थ्यमा चुनौती थपिएकाले बालबालिका र वृद्धवृद्धालाई स्वास्थ्यमा बढी जोखिम हुने हुँदा स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.