भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

हवाई टिकटमा पर्यटन बोर्डले उठाउने शुल्क खारेज

हवाई टिकटमा पर्यटन बोर्डले उठाउने शुल्क खारेज

काठमाडौं । नेपालबाट विदेश उड्ने विदेशी नागरिक तथा पर्यटकबाट नेपाल पर्यटन बोर्डले उठाइरहेको सेवा शुल्क खारेज हुने भएको छ । नेपालबाट विदेश उड्दा पर्यटकको टिकटमा जोडिने पर्यटन सेवा शुल्क हटाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्टरनेसनल एयरलाइन्स ट्रान्सपोर्ट एसोसियसन (आईटा)लाई पत्राचार गर्ने तयारी गरिरहेको छ ।

पर्यटन सेवा शुल्कको कोड हटेपछि हवाई टिकटमा सेवा शुल्क उठाउन नपाइने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । त्यसपछि नेपाल पर्यटन बोर्डको आम्दानीको मुख्य स्रोत बन्द हुने बताइएको छ । बोर्डले नेपालबाट विदेश उड्ने विदेशी नागरिकबाट प्रतिटिकट १ हजार रुपैयाँ र मूल्य अभिवृद्धि कर उठाउने गरेको छ ।

चालु आर्थिक वर्ष २०७८÷०७९ मा ५ लाख पर्यटक नेपाल आउने अनुमानसहित बोर्डले बजेट बनाएर कार्यान्वयन थालेको छ । बोर्डले यसरी उठाइरहेको सेवा शुल्क नियमसंगत नरहेको प्राधिकरणको निष्कर्ष छ ।१३ देखि २५ अप्रिलससम्म भएको नेपालको हवाई सुरक्षा अडिटका क्रममा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले सो सेवा शुल्कबारे प्रश्न उठाएको थियो ।

त्यसलगत्तै प्राधिरकणले पर्यटन बोर्डसँग सेवा शुल्कबारे जानकारी मागेको थियो । नेपाल पर्यटन बोर्डलाई सरकारले सुरुमा रेष्टुरेन्टबाट उठ्ने बिलमा २ प्रतिशत शुल्क लिन पाउने व्यवस्था गरेको थियो । यसरी उठेको शुल्क बोर्डको आम्दानीको रुपमा थियो ।

यसमा विवाद भएपछि हवाई यात्रुसँग सिधै शुल्क लिन थालिएको थियो भने हवाई टिकटमा सेवा शुल्क लिने गरी बोर्डलाई अधिकार दिइएको थियो । पर्यटन बोर्ड ऐन २०५३ र पर्यटन बोर्ड नियमावली २०५५ मा विमानस्थलमा पर्यटकलाई कुनै सेवा वा परामर्श उपलब्ध गराएबापत पर्यटन सेवा शुल्क लिन सकिने प्रावधान छ । तर, शुल्क मन्त्रिपरिषद्‍बाट स्वीकृत गराउनुपर्छ ।