भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

१७२ स्वर्णसहित आर्मी क्लब पहिलो स्थानमा

१७२ स्वर्णसहित आर्मी क्लब पहिलो स्थानमा

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सर्वाधिक १७२ स्वर्ण पदकसहित त्रिभुवन आर्मी क्लबले जित हातपारेको छ। गण्डकी प्रदेशको पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा आर्मीले ११० रजत र ८९ कास्य गरी कुल ३७१ पदक जित्दै पहिलो भएको हो ।

दोस्रो स्थान एपिएफ एपिएफले ६४ स्वर्ण, ७३ रजत र ८१ कास्य गरी २१८ पदक हात पारेको छ । तेस्रो स्थानमा पनि विभागीय टोलीले नै आफ्नो स्थान बनाएको छ । नेपाल पुलिस क्लबले ६१ स्वर्ण, ६० रजत र ७३ कास्य गरी कुल १९४ पदक जित्यो।

गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य गरी कुल १२० पदक हात पर्दै चौथो बनेको हो । पाँचौ बनेको बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य गरी कुल १४५ पदक जित्यो । प्रदेश एक छैटौं स्थानमा रहँदै १० स्वर्ण, २३ रजत र ५० कास्य गरी कुल ८३ पदक जित्न सफल भयो ।

यता १० स्वर्ण, १० रजत र ४३ कास्य गरी कुल ६३ पदक जित्दै सुदूरपश्चिम सातौं स्थानमा भयो । एनआरएनए टिम आठौं स्थानमा रहँदै १० स्वर्ण, ९ रजत र ७ कास्य गरी कुल २६ पदक जित्न सफल भयो ।

लुम्बिनी प्रदेश ६ स्वर्ण, २२ रजत र ४० कास्य गरी कुल ६८ पदक जित्दै नवौं स्थानमा हुँदा दशौं स्थानको मधेश प्रदेशले ५ स्वर्ण, ८ रजत र २६ कास्य गरी कुल ३९ पदक जित्न सफल भयो । अन्तिम स्थानमा भएको कर्णाली प्रदेशले २ स्वर्ण, ४ रजत र १२ कास्य गरी कुल १८ पदक जित्न सफल भयो ।

 


Thali Mobile Pvt.Ltd.