भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

हात्तीसार हौदा सङ्ग्रालयमा पर्यटक बढे

हात्तीसार हौदा सङ्ग्रालयमा पर्यटक बढे

वाग्मती । मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीमा रहेको हात्तीसार सङ्ग्रहालयको संरक्षण र व्यवस्थापनपछि आन्तरिक पर्यटकको आगमन बढ्न थालेको छ । बागमती प्रदेश सरकारसँगको सहकार्यमा गाउँपालिकाले सङ्ग्रहालयको वरिपरी विभिन्न प्रकारका बोटबिरुवा तथा फूलहरु रोपेर आकर्षक उद्यान, पदमार्गलगायत संरचना निर्माण गर्नुका साथै सङ्ग्रहालयभित्र भएका, छाला, तामा, काठ, फलाम लगायतका हौदाको सरसफाइ गरेर बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सङ्ग्रहालय खुल्ला गरेर प्रदर्शनी गर्न थालेपछि अवलोकनमा आउने पर्यटकको सङ्ख्या बढ्न थालेको भीमफेदी गाउँपालिकाले जनाएको छ ।

सन् १९५२ मा बेलायती महारानी एलिजावेथ नेपाल आउँदा शिकार खेल्न प्रयोग भएका विभिन्न सामग्री तथा नेपालका राजा एवं राणा प्रधानमन्त्री जङ्गबहादुर लगायतले शिकार खेल्न प्रयोग गरेका हात्तीमा चढ्दा प्रयोग गरिने हौदा, बाघ समात्न प्रयोग हुने जाली तथा डोरीलगायत अन्य थुप्रै सामग्री सङ्ग्रहालयमा राखिएको गाउँपालिकाका अधिकृत बद्री सापकोटाले जानकारी दिनुभयो । यस सङ्ग्रहालयमा महारानी एलिजावेथले प्रयोग गरेको चार वटा सिकारी हौदा र जङ्गबहादुर राणाले प्रयोग गरेका पिँजडा हौदा छन् । ती बाहेक सङ्ग्रहालयमा अन्य ३७ वटा हौदा, विशिष्ट व्यक्ति हात्तीमाथि बस्ने २२ वटा छालाको काठी, हात्ती चढ्न हौदामुनी राखिने १५ वटा खरगदा रहेको सङ्ग्रहालयका हेरालु भरत सिं लामाले जानकारी दिनुभयो ।

विसं २०४६ सम्म पनि राजपरिवारले शिकार खेल्नका लागि यहाँबाट ती सामग्री लैजाने गरेका थिए । बहुदल आएपछि भने यहाँबाट हौदाका सामग्री राजपरिवारले प्रयोग गर्न छाडेको यहाँका अग्रज बताउँछन् । प्रजातन्त्र आउनुअघिसम्म पनि राजा तथा राजपरिवारका सदस्यले चितवन, कोशी, शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जमा यहाँबाट हौदा लिएर शिकार खेल्न जाने गरेको भीमफेदी ६ का पूर्व वडाध्यक्ष सीताराम थापाले जानकारी दिनुभयो । साथै उहाँले सङ्ग्रहालयको संरक्षण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आफू वडाध्यक्ष हुने वित्तिकैदेखि नै लागि परेको बताउनुभयो ।

३२ रोपनी जग्गामा फैलिएको यो सङ्ग्रहालय चितवन राष्ट्रिय निकुञ्ज मातहतमा रहेको छ । राजपरिवारले हौदाका सामग्री प्रयोग गर्न छाडेपछि निकुञ्जले हौदा सङ्ग्रहालय बेवारिसे अवस्थामा छाडेको हो । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न अघिल्लो आर्थिक वर्षदेखि गुरुयोजना बनाएर काम थालेको र हाल परिणाम देखिन थालेको गाउँपालिका अध्यक्ष हिदम लामा बताउनुहुन्छ । यो ऐतिहासिक सङ्ग्रहालयको संरक्षण र प्रबद्र्धन गरेर पालिकाको पर्यटन प्रवद्र्धन गर्ने उहाँको भनाइ छ । लामो समय तराईलाई काठमाडौँसँग जोड्ने मुख्य नाकाको रुपमा रहेको भीमफेदीमा मकवानपुरको सदरमुकाम हुँदासम्म छुट्टै चहलपहल थियो ।

 


Thali Mobile Pvt.Ltd.